माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा राजपाको ह्वीप

Read Time:1 मिनेट, 34 सेकेन्ड

माघ ०४ बनेपा ।

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले ह्वीप जारी गरेको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजपाका मतदातालाई अत्यावश्यक निर्देशन ह्विप लगाएका हुन् ।

‘गठबन्धनमा रहेका चार जना उम्मेदवारलाई विजयी बनाउन निर्वाचनमा राजपा नेपालका मतदातालाई ह्विप जारी गरिन्छ,’ महतोले निर्देशन दिएका छन् ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

जनकपुरधाममा मोटरसाइकललाई ठक्कर दिएको कारबाट हतियार बरामद

माघ ०४ बनेपा । जनकपुरधाममा मोटरसाइकललाई ठक्कर दिएको कारबाट हतियार बरामद भएको छ । कारबाट हतियार बरामद भएपछि प्रहरीले कारसहित त्यसमा सवार दुई जनालाई पक्राउ गरेको छ । बा १४ च ७४५९ नम्बरको कारले शनिबार साँझ जनकपुरधाम १ स्थित भानु चोकमा ज ९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो […]
Accdient

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस