मोरङमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु तीन जना घाइते

Read Time:2 मिनेट, 26 सेकेन्ड

माघ २० बनेपा ।

मोरङ जिल्लामा सोमबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

मोरङको सुन्दर हरैँचा नगरपालिका–१० जरुवामा सोही स्थान बस्ने साइकल यात्री ४७ वर्षीय बाबुराम कार्कीलाई प्रदेश नं १–०२–००१ ख ८१०९ नं को टिपरले ठक्कर दिँदा उपचारका क्रममा प्रदेश (कोशी) अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना गर्ने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

यस्तै मोरङको उर्लाबारी नगरपालिका–१ कान्छी चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १७ प ७९४ नं को मोटरसाइकललाई मधुमल्ला चिल्ड्रेन एकेडमीको को१ख ७५५६ नं को स्कुल बसले सोमबार ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको मिक्लाजुङ गाउँपालिका–३ का तीन वर्षीया बालिका प्रतीका विकको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको छ ।

स्कुल बसको ठक्करबाट घाइते मोटरसाइकल चालक २६ वर्षीय डेकेस विक, निजको श्रीमती २० वर्षीया सिर्जना विक, सासू ४३ वर्षीया कल्पना ठटाल र तीन वर्षीया छोरी प्रतीका घाइते भएका थिए । बस र बस चालककाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

पेट्रोल र डिजलको भाउ घट्यो : ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ

माघ २० बनेपा । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी […]
Petrol

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस