निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार फैसला सुनाउने

Read Time:1 मिनेट, 25 सेकेन्ड

फागुन ४ बनेपा ।

काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ ।

आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । ‘सम्भवत: भोलि फैसला आउँछ’ उनले भने ।

आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।

स‌ंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको निधन

फागुन ४ बनेपा । ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको आइतबार निधन भएको छ । शाक्यको उपचारका क्रममा मेडिसिटी अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो । स्वतन्त्रता सेनानी शाक्य नगरपालिका संघका पूर्व केन्द्रीय अध्यक्ष प्रजातन्त्र सेनानी संघको ललितपुर जिल्ला सभापतिसमेत भएका थिए । शाक्यको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख […]
Death Body

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस