फ्रान्सका स्वास्थ्यमन्त्रीको जनतालाई चुम्बन नर्गन सुझाव

Read Time:1 मिनेट, 54 सेकेन्ड

पेरिस

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् ।

फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन गरेर अभिवादन प्रकट गर्ने चलन हो । यो युरोपेली चलन धेरै पुरानो हो । यसअघि भने उनले एकअर्कासँग हात नमिलाउन आग्रह गरिसकेका थिए ।

फ्रान्समा कोरोना भाइरसका कारण आइतबारसम्म २ को मृत्यु भएको पुष्टि भएको छ । भाइरस संक्रमित हुनेको संख्या करिब १ सय पुगेको छ । चीनमा भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ७३ र संक्रमित हुनेको संख्या ७९ हजार ९ सय ६८ पुगेको छ । त्यस्तै चीन बाहिर संक्रमित हुने ७ हजार तथा १ सय १२ को मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

दक्षिण कोरियामा ५९९ र इरानमा ५२३ जनामा कोरोनाको नयाँ केस देखियो

फागुन १९ बनेपा । हुवे प्रान्तबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको नयाँ केस देखिने दर चीनमा भन्दा दक्षिण कोरिया र इरानमा बढी छ । दक्षिण कोरियामा ५९९ र इरानमा ५२३ जनामा कोरोनाको नयाँ केस देखिएको छ । जबकी पछिल्लो पटक चीनमा २०२ जनामा यो संकेत देखिएको हो । दक्षिण कोरियामा […]
Health

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस