प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश

Read Time:3 मिनेट, 18 सेकेन्ड

चैत २५ बनेपा ।

प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश देखाउनु भएको छ ।

सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको भन्ने आरोप लगाउनु भएको छ ।

राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसविरुद्धको अभियानमा सघाउन आमजनतासँग अपील गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी ओलीले अबको दुई साता निकै कठिन हुने भन्दै लकडाउनलाई पालना गर्न नागरिकसँग आग्रह गर्नुभएको थियो । स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा उठेका सार्वजनिक चासोप्रति आम जनतालाई आश्वस्त पार्नेभन्दा पनि उक्त खरिद प्रकरणमा जोडिएका मन्त्री र प्रशासकको बचाउ गर्नुभएको थियो । गरीब र समस्यामा परेकाहरुलाई सरकारले भोकै मर्न नदिने र नआत्तीन समेत भन्नु भएको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले भन्नुभएको छ, ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक हो । राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले  ट्वीटरमार्फत् राख्नुभएको धारणा पढ्नुस । 

Gyanendra Shah

 

हामीलाई फलो गर्नुहोस् फेसबुक  ट्विटर  र युट्युब 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

बनेपामा लकडाउनको उन्लघन गर्ने ६ मोटरसाइकल चालक कर्वाहिमा

चैत २५ बनेपा । सुबास आचार्य बनेपामा लकडाउनको उन्लघन गरे बापत बेलुकी ५:३० सम्ममा ६ मोटरसाइकल चालक कर्वाहिमा परेका छन उनिहरुको चाबी खोसेर चालक लाई प्रहरिले नियन्त्रणमा लिएको छ । विभिन्न बहाना बनाएर लकडाउनको समयमा बाहिर निस्कनेलाई ट्राफिक प्रहरी र बनेपा प्रहरीले बेलुकी ६ बजे सम्मका लागि नियन्त्रणमा लिएको हो […]
banepa

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस