पूर्वराजा ज्ञानेन्द्र शाहको संकटमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव

Read Time:3 मिनेट, 30 सेकेन्ड

चैत २७ बनेपा ।

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको संकटको घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव दिनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले ट्वीट गर्दै संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न भन्दै जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित पार्नसक्ने औंल्याउनु भएको छ । राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुने पूर्वराजा शाहको भनाई छ ।

संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको अपेक्षा राख्नुहुन्न जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित पारोस्। राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदाय सँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुनेछ ।

पूर्वराजा शाहले कालोबजारी गर्दागर्दै एक व्यापारी पक्राउ परेको घटनाप्रति पनि प्रतिक्रिया जनाउँदै व्यापारीले नागरिक बिनाको आफ्नो अस्तित्व कसरी कल्पना गर्न सक्छन् ? भनी प्रश्न गर्नुभएको छ ।

कोरोना महामारीको यस संकटमा मात्र नभै देश आफ्ना नागरिकप्रति सदा जवाफदेही हुनैपर्छ र नागरिक आफ्नो राज्यप्रति उत्तरदायी हुनुपर्छ भन्दै मातृभूमिको भार, माया र नागरिकप्रतिको आफ्नो दायित्व बिर्सेर धनको लोभ, लालचमा फसेका व्यापारीवर्गले नागरिक बिनाको आफ्नो अस्तित्व कसरी कल्पना गर्न सक्छन् ?

पूर्वराजा ज्ञानेन्द्र शाहले ट्वीटरमार्फत् राख्नुभएको धारणा पढ्नुस ।

 

Gyanendra Shah

 

 

 

हामीलाई फलो गर्नुहोस् फेसबुक  ट्विटर  र युट्युब 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

नेपाल टेलिकमको भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप

  चैत २७ बनेपा । नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त […]
Nepal Telecom

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस