विश्व स्वास्थ्य संगठन लाई चीनले ३ करोड अमेरिकी डलर सहयोग गर्ने

Flag of China
Read Time:2 मिनेट, 28 सेकेन्ड

बैशाख ११ बनेपा ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई चीनले फेरि ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस महामारीविरुद्ध लड्न भन्दै चीनले हालै यस्तो सहयोगको घोषणा गरेको हो । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोक्ने भनेको केही दिनमै चीनले यस्तो सहयोगको घोषणा गरेको हो ।

चीनले ३० मिलियन अमेरिकी डलर रकममा सहयोग गर्ने जनाएको छ । जब कि, यसअघि नै २० मिलियन डलर चीनले सहायता गरिसकेको छ । चीनले यस्तो रकम विकाशोन्मुख देशमा कोरोना महामारी विरुद्ध लड्न सघाउ पुग्ने भन्दै विश्व स्वास्थ्य संगठनलाई सहयोग गरेको जनाएको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेंग सुहांगले यसबारे जानकारी दिएका हुन् । विश्व स्वास्थ्य संगठनका लागि सबैभन्दा ठूलो दातृ देश अमेरिका हो । तैपनि उसले गत साता डब्लूएचओलाई गलत व्यवस्थापन गरेको, पूव्राग्रही बनेको र दुरुपयोग भएको आरोप लगाउँदै सहयोग रोक्ने जनाएको छ ।

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

भक्तपुरबाट काठमाडौं जाँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख ११ बनेपा । भक्तपुरबाट काठमाडौं जाँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब साढे पाँच बजे आफैं अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मध्यपुर ठिमी नगरपालिका-५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो । मध्यपुर अस्पताल […]
Accdient

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस