मेयर रिना साह द्वारा पतौरामा माध्यमिक विद्यालय भवनको शिलान्यास

Kagajpatra
Read Time:2 मिनेट, 38 सेकेन्ड
असार ०१ रौतहट ।
  • अखिलेश कुमार यादव
रौतहटको मौलापुर नगरपालिकाले बिकाश कार्यमा तिब्रता ल्याएको छ।मौलापुर नपाको मेयर रिना साहले आज एक कार्यक्रम बिच पतौरामा माध्यमिक विद्यालय स्थापना एवं संचालनको लागि आज विद्यालय पूर्वाधारको शिलान्यास गर्नुभएको छ ।
आवश्यक जग्गाको अभावमा पतौरा आधारभुत विद्यालयको स्तरवृद्धि हून सकिरहेको थिएन ।सो खण्डमा नगरपालिकाबाट चालु आ.ब. मा झण्डै एक बिघा जग्गा ख़रीद गरी सोही जग्गामा माध्यमिक स्तरको आवश्यक पूर्वाधार निर्माणको थालनी गरिएको मौलापुर नपाको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताउनुभयो ।
पूर्वाधार निर्माणको लागि अहिले ६० लाख रकम छूट्याएकोले सोही अनुसार निर्माण कार्य हुने भए पछि पतौरा बासी खुशी भएका छ।। चुनावको बेला आफ्नो क्षेत्रमा सांसद मा. प्रभु साहले पतौराबासीमा माध्यमिक बिधालय स्थापनाको लागि गरेको प्रतिबद्धता अनुसार नगरपालिकाले निर्माण कार्य अगाड़ी बढ़ाएर आज माध्यमिक विद्यालय भवनको शिलान्यास नै गरिएको छ ।
विद्यालय ब्यावस्थापक समितिद्वारा निर्माण हुने उक्त भवन उपप्रमुख श्री गौरी शंकर जयसवाल लगायतका जनप्रतिनिधिहरूको विशेष उपस्थितिमा सामाजिक दूरी क़ायम गर्दै शिलान्यास कार्यक्रम सम्पन भएको हो ।
1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

यमुनाईमाई गपाको वडा न ४ सरुअठामा सामुदायिक भवनको शिलान्यास

असार ०४ रौतहट । अखिलेश कुमार यादव रौतहटको यमुनामाई गाउँपालिकाको वडा न ४ को सरुअठामा ४५ लाखको लागतमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । सामुदायिक भवनको अभाव र कुनै कार्यक्रम गर्ने हलको अभाव भएको देखेर २ कोठे सामुदायिक भवनको आज वडा न ४ को वडा अध्यक्ष आशवनी राय यादव र […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस