मौलापुर नगरपालिकाले ल्यायो ३५ करोडको बजेट

Rautahat
Read Time:10 मिनेट, 51 सेकेन्ड
असार १० रौतहट ।
  • अखिलेश यादव
रौतहट मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ करोड २८ लाख २३ हजार ५ सय ९० रुपैयाँको बजेट ल्याएको छ । कोरोनासँग लड्दै नगर विकासको गति अगाडि बढाउने लक्ष्य सहित नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरप्रमुख रीनाकुमारी साहको अध्यक्षतामा, पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा, बुधबार मौलापुर बजारमा भएको चौथो नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटले कोरोना महामारीसँग जुध्ने, कृषि, व्यवसाय, पर्यटन र सहकारी क्षेत्रमार्फत आर्थिक विकास गर्ने र भौतिक पूर्वाधार तयार गर्ने जस्ता महत्वपूर्ण विषयहरु समावेश गरिएको छ ।
किसानलाई निशुल्क पानी र उन्नत बिया कार्यक्रमलाई निरन्तरता दिने, कृषकको उत्पादन वस्तुको विक्रीदरलाई सन्तुलित राख्न निर्माण शुरु गरिएको शीत भण्डार (कोल्ड स्टोर) भवन छिटै सम्पन्न गर्ने, किसानलाई सहज र सस्तो मलखाद उपलब्ध गराउन पहल गर्ने, तीन वाली खेती गर्ने कृषकलाई दिइने अनुदान कार्यलाईजस्ता कृषि क्षेत्रका कार्यक्रमहरु बजेटमा समावेश छ । पशुपक्षीको परम्परागत ढंगले गरिने गर्भधारणलाई विस्थापित गरी विकसित ब्रिडबाट गर्भधारण गर्ने व्यवस्था मिलाउने, व्यवसायिक रुपमा पशुपक्षी पालन गर्ने व्यवसायीलाई अनुदान दिने, व्यवसायिक माछा पालनलाई बढावा दिने, दुध खरिदको ग्यारेन्टी गर्न दुध चिस्यान केन्द्र निर्माणमा बजेटले जोड दिएको छ ।
मौलापुरमा पर्यटन विकासको आवश्यक पूर्वाधार निर्माण गर्दै ठूला लगानीमा होटेल खोल्ने व्यवसायीलाई अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ । घरेलु उद्योगहरुलाई प्रोत्साहन र नियमन गर्ने, नगरलाई उद्योग ग्राम निर्माणका लागि पहल गर्ने, नगरभित्र उद्योग स्थापना गर्न चाहने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने, वितिय संस्थाहरुको स्थापना एवम् प्रोत्साहनमा जोड दिने र रोजगार सृजना हुने सीप विकासमा जोड दिने नगर बजेटको संकल्प रहेको छ ।
कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखी अस्पतालमा आवश्यक सुधार गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई आधुनिक अस्पतालमा रुपान्तरण गर्न, मौलापुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्दै थप चिकित्सकको व्यवस्था गर्ने, कोरोनाको जोखिम रहँदासम्म प्रत्येक स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप विशेष भत्ताको व्यवस्था गर्ने, स्वास्थ्य चौकीहरुको स्तरोन्नति तथा संस्थागत सुधार गर्दै सम्पूर्ण गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउने व्यवस्था गर्ने, ईमर्जेन्सी सेवा शुरु गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिदैँ एम्बुलेन्स खरिदको कार्य अगाडि बढाउने जस्ता कार्यक्रममा नगरपालिकाको जोड छ ।
कोरोना संक्रमण र लकडाउनले बन्द शैक्षिक संस्थाहरुमा वैकल्पिक प्रणालीमार्फत भएपनि पढाईलाई निरन्तरता दिने , “हर हातमे हुनर” भन्ने नारासहित संचालन गरिएको सीपमूलक प्राविधिक शिक्षालाई निरन्तरता दिने, गुणस्तरीय शिक्षामा जोड दिदैँ विद्यालय पूर्वाधारको दायरा र स्तर वृद्धि गर्न मौलापुर, मर्यादपुर, गम्हरीया पतौरामा माध्यमिक स्तरको पठनपाठनको लागि चाहिने पूर्वाधार निर्माण गर्ने, मौलापुर प्राविधिक शिक्षालयको लागि पूर्वाधार निर्माण गर्ने, नगरमा ई-लाइब्रेरीसहितको आधुनिक पुस्तकालय निर्माण र संचालन गर्ने जस्ता शैक्षिक कार्यक्रम नगरपालिकाको छ ।
प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने, राष्ट्रियस्तरको खेल मैदानको लागि पहल गर्ने र परम्परागत खेलकुदलाई लोप हुन नदिन समय सापेक्ष विकास गर्दै सम्वर्द्धनको नीति लिनेमा नगरपालिकाको जोड छ ।
गुणस्तरीय शुद्ध खानेपानीको लागि हैण्डपाइपको विस्थापनसहित पानी टंकीमा प्रशोधन यन्त्रको व्यवस्था गर्ने, टोल टोलमा पानीटंकी घर घरमा धारा पुर्याउने, “एक घर एक चर्पि” निर्माणको अभियानलाई प्रभावकारी बनाउने, प्रत्येक घरलाई नाला र ढलसंग जोड्न “स्वच्छ शहर हमर नगर” कार्यक्रमलाई निरन्तरता दिने, लामखुट्टे नियन्त्रणको कार्यलाई अझ प्रभावकारी बनाउने, “मौलापुर नगर, हरीत शहर” को लक्ष्य राखी शुरु गरिएको वृक्षारोपण कार्यलाई अझ प्रभावकारी बनाउने नगरको बजेटमा उल्लेख छ ।
“सडक पूर्वाधारको विकास, समृद्धिको आधार” भन्ने नारासहित नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्गमा जोड्ने, सडकहरु वर्गीकरण गरी सडक संहितामार्फत सडक सुरक्षा कार्ययोजना तुरुन्त कार्यान्वयन गर्ने, बलियो सडक पूर्वाधारको लागि कच्चा सडकमुक्त अभियान अन्तर्गत सबै सडकलाई क्रमश: पक्कीकरण गर्ने, प्रत्येक घरलाई नालासंग जोड्न नाला निर्माण र सडक ढलान कार्यलाई तीव्रता दिने, सडक मर्मत संभार कार्यलाई प्राथमिकता दिने, स्तरीय सडक निर्माणको कार्यलाई तीव्रता दिने उद्देश्यले निर्माण संस्थाहरुलाई प्रोत्साहनको नीति लिने, समयावधि अगावै निर्माण सम्पन्न गर्ने आयोजनामा १०% रकम थप गर्ने र ढिला गर्ने आयोजनामा १०% रकम कट्टा गर्ने जस्ता योजना समावेश गरिएको छ ।
कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।
0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

असार १० बनेपा । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश […]
Gyanendra Shah

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस