कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

Gyanendra Shah
Read Time:4 मिनेट, 14 सेकेन्ड

असार १० बनेपा ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।

सन्देशमा उहाँले थुप्रै प्रश्न उठाउनु भएको छ । उहाँले भन्नु भएको छ, ” हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबारकिन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?”

भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषय पनि आइरहेको भन्दै उनले भनेका छन्, ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ?यो सोचनीय विषय भएको बताउनु भएको छ ।

अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन् । ‘राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

साथै उहाँले असारमा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको समेत बताउनु भएको छ ।

 

 

 

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

प्रभु साह द्वारा बिकाश योजना निर्माणको अनुगमन

असार ११ रौतहट । अखिलेश यादव रौतहट निर्वाचन क्षेत्र न ३ को सांसद माननीय प्रभु साहले बिकास निर्माणका योजनालाई अनुगमन गर्नुभएको छ। आर्थिक बर्षको अन्त्यतिर बिकास निर्माणलाई हतारमा गर्दा दिगो नहुने भन्दै आफै अनुगमनका लागि खटिनुभएको हो । निर्वाचन क्षेत्र न ३ अन्तरगत निर्माण भैरहेका विभिन्न महत्त्वपूर्ण आयोजनाहरुको बिहिवार नेकपाको […]
Rautahat

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस