समृद्धि तराइ विकास योजना अन्तर्गत ३० लाखको लागतमा बलिरामपुरकमा सडक ढलान सुरु

rautahat
Read Time:3 मिनेट, 27 सेकेन्ड
असार १२ रौतहट ।
रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत विकास निमार्णको काम तिव्र रुपमा भइरहेको छ । नपाको वडा नम्बर ४ बलिरामपुर टोलमा सडक ढलानको कार्य लाइ सुरु गरिएको हो ।
नगर प्रवता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाको विशेष पहलमा तराइ समृद्धि विकास योजना अन्तर्गत ३० लाखको लागतमा सो ढलान कार्य लाइ अगाडि बढाइएको उपभोता समितीका अध्यक्ष भुइल दासले जानकारी गराए । वडाध्यक्षले नपा बाट वडामा आउने गरेको विकास निमार्णको काम बाहेक आफनो वडाको विकास ,स्तरोउन्ती र समृद्धि का लागि हरसम्भव पहल प्रयास गर्दै आएका हुन् ।
वडाको बलिरामपुर टोल स्थित दलित भवन देखि कर्कच कटहरिया जोडने बाटो सम्म १९५ मिटर लम्बाइ, १८ फिट चौडाइ, ८ इन्च मोटाइ ढलान कार्य लाइ हिजो देखि सुरु गरिएको वडाध्यक्ष कुशवाहाले बताए । यस अवसरमा वडा सदस्य सोनालाल साह,रामस्वरुप दास,छोटेलाल कुशवाहा,सर्फलाल महतो , लालबाबु दास सहितका व्यतीहरुको रोहबरमा सो ढलान कार्य लाइ सुभारम्भ गरिएको थियो ।
यसै साथ स्वास्थय इकाइ भवन,वडा कार्यालय ,सामुदायिक भवन र कटहरिया क्रिकेट ग्राउण्ड लगायत विभिन्न योजनाहरुको काम तिव्र रुपमा भइरहेको वहाँले बताउनु भयो । श्री जन्ता मावि कटहरियाको विधालय व्यवस्थापन समितीको अध्यक्षको रुपमा काम गर्दा आफनो कार्यकालमा नमुना विधालय र प्रविधिक शिक्षा लागु गराउन समेत सफल हुनु भएको कुरा वहाँले जानकारी गराउनु भयो ।

 

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

प्रभु साहको सहयोगमा रौतहटको फतुवामा ३५० घर परिवारमा राहत बितरण

असार १२ रौतहट । अखिलेश यादव लगातार ३ महिनादेखिको लकडाउनबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने घर परिवार पीडित भएकोलाई रौतहट क्षेत्र नम्बर ३ का सांसद माननीय प्रभु साहज्यूको सहयोगमा आज फतुवा विजयपुर नगरपालिका-७, फतुवामा ३५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।२५ किलो चामल, १ किलो दाल, आधा किलो सोयाबिन, १ […]
rautahat

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस