बच्चा बोकेर रिक्सा चलाइ भाइरल भएका अर्जुन विक धरौटी बुझाएर छुटे

Arjun Bk
Read Time:2 मिनेट, 46 सेकेन्ड

माघ १५ बनेपा ।

अनामनगरमा बच्चा बोकेर रिक्सा चलाएको तस्वीर सार्वजनिक भएपछि भाइरल भएका युवक अर्जुन विकलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा अदालतले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार विक धरौटी बुझाएर छुटिसकेका छन् । घोडाघोडी नगरपालिका-२, सानेपानी घर भएका अर्जुनलाई आफ्नै पत्नीलाई जबरजस्तीकरणी गरेको अभियोग थियो ।

अदालतबाट जारी वारेन्टका आधारमा काठमाडौंको तिनकुने क्षेत्रबाट उनी पक्राउ परेका थिए । विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप भनिएको थियो ।

ती बालिकालाई उनले आफ्नो श्रीमती बताउने गरेका थिए । तर, कानुनतः १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकाले उनीविरुद्ध मुद्दा परेको थियो । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

 

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

मोटरसाइकल दुर्घटना हुँदा, एकजनाको मृत्यु

माघ १५ बनेपा । सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार […]
accident

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस