माघ १५ बनेपा ।
सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर रोलरमा ठोक्किँदा चालक तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरा निवासी ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको हो ।
मुखियासहित मोटरसाइकलमा सबार सोही ठाउाका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंग घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि विराटनगर लगेकोमा शिवकुमारको सोही क्रममा मृत्यु भएको र बाँकी दुई जनाको उपचार त्यही भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कागजपत्रको नेपाली र अंग्रेजी संस्करणका साथै युट्युब च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्विटर मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?