वर्षा र हिमपातको सम्भावना

Read Time:2 मिनेट, 26 सेकेन्ड

फागुन ११ बनेपा ।

पश्चिमी वायुको आंशिक प्रभावले देशको आधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उक्त प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन् ।” उहाँले भन्नु भयो । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

 

 

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस