निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा उपनिर्वाचन मंसिर १४ गते तोकियो

Read Time:2 मिनेट, 28 सेकेन्ड

१७ साउन , बनेपा । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले जानकारी दिए । आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा २०७६ मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधन भए पछी प्रदेशसभाका तीन स्थान खाली भएको हो । २०७५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन भएको थियो । स्थानीय तहमा चार प्रमुख , एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन् । उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो  ! स्थानीय तहको उपनिर्वाचनको मिति सरकारले बिहीबार नै घोषणा गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा आयोग सँगको परामर्शमा सरकारले मिति घोषणा गर्ने व्यवस्था रहेको छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

श्रावण १८ कागज पत्र राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) साताको अन्तिममा महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ योग छ । सरकारी निकाएको भय रहला । जिद्दीपनाले गर्दा काम बिग्रने डर भएकाले सावधान रहनुहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस