मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको अन्तिममा महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ योग छ । सरकारी निकाएको भय रहला । जिद्दीपनाले गर्दा काम बिग्रने डर भएकाले सावधान रहनुहोला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अरुको प्रगती बाट अभिप्रेरित हुने हरूलाई बिस्तारै लाभ मिल्नेछ । विभिन्न सामानको किनमेल हुनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धार्मिक कार्यमा सहभागी बन्नु पर्नेछ । नयाँ कार्य वा धन आर्जन गर्ने अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मनमा जोश,जाँगर र उमङ्ग बढेर जाने छ । रोकिएका सम्पुर्ण काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा भने समस्या आउला !
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आत्मबलमा कमी आउनेछ । मनोबल मा पनि परिवर्तन हुने भएकाले सही निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आँटेको र नयाँ कार्य पुरा होला । शुभकार्यको चर्चा सबै तिर चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साताको अन्त्य तिर काममा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । एउटै कामबाट दोहोरो घाटा हुने योग छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
महिनाको अन्त्यमा कार्य सिद्धि हुने योग छ । प्रतिस्पर्धा गर्दा फाईदा हुने योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मनमा भावुकता र उत्ताउलो पन देखा पर्ने छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा सानो सानो कुरामा पनि मनमुटाव आउनेछ । आफन्त बाट काममा वाधा आउने छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अनुहारमा निरासता देखा पर्ने छ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट सोछे जस्तो लाभ नहुन सक्छ । काममा ध्यान दिनुहोला !
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अरुलाई प्रभावित पर्नाले काम राम्रो बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको मन जाने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रेमिका को सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सहयोगी हात हरु अघी बड्ने छन !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?