३३ किलो सुनकाण्डमा सर्वोच्चको आदेश उच्च अदालत बिराटनगरले गरेको आदेशलाई सर्वोच्च बाट सदर

Read Time:2 मिनेट, 27 सेकेन्ड

१८ साउन, बनेपा । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत बिराटनगरले थुनामा राख्न आदेश दिएका व्यापारी महावीर गोल्यानलाई सर्वोच्चले १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने अरुको हकमा उच्च अदालतकै आदेशलाई सर्वोच्चले सदर गरेको छ । सुनकाण्डकै आदेशमा पदीय आचरण अनुसार कर्तव्य निर्वाह नगरेको भन्दै न्याय परिषदले न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेको थियो भने न्यायाधीशहरु साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई गम्भीररुपमा सचेत गराउँदै २ वर्ष बढुवा रोक्का गरेको थियो । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले अन्य व्यक्तिको हकमा उच्च अदालतकै आदेशलाई सदर गरे पनि गोल्यानको हकमा भने उच्च अदालतको आदेश रीतपूर्वक नभएको भन्दै बदर गरिदिएको छ । गोल्यानलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने उच्च अदालतले पनि त्यसलाई सदर गरेको थियो ।

  • यसअघि सुनकाण्डमा उच्च अदालत विराटनगरका न्यायाधीशले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै न्यायपरिषदले कारबाही गरेको थियो । तर, तिनै न्यायाधीशले गरेको आदेशलाई सर्वोच्चले सदर गरिदिएको छ ।
0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा गएको पहिरोमा परी ११ घर बगाएयो दुई जना वेपत्ता

साउन १८ , बनेपा । लागातारको झरी संगै शुक्रबार राति १० वजे तिर आएको पहिरोमा दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा ११ घर बगाएको छ भने दुई जना वेपत्ता भएका छन् । पहिरोले झगडेकमा राजन खत्री, बालकृष्ण खत्री,गौरब खत्री, बलबहादुर खत्री, नबराज खत्री र दीपक खत्री को घर बगाएको छ […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस