साउन १८ , बनेपा । लागातारको झरी संगै शुक्रबार राति १० वजे तिर आएको पहिरोमा दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा ११ घर बगाएको छ भने दुई जना वेपत्ता भएका छन् । पहिरोले झगडेकमा राजन खत्री, बालकृष्ण खत्री,गौरब खत्री, बलबहादुर खत्री, नबराज खत्री र दीपक खत्री को घर बगाएको छ भने, विरौसीमा गंगा खत्रीको सहित दुई घर बगाएको दोलखा प्रहरी प्रवक्ता बोहोराले जानकारी दिनु भयो । पहिरो गौरीशंकर गाउँपलिका वडा नम्बर १ यार्साबाट सुरु भएको थियो ।
पहिरोमा परि वडा नम्बर–१ को झगडे राजपु, लुक्का लगायतका ३० घर जोखिममा परेका छन् ।
घट्ना सदरमुकाम चरिकोटबाट ११ कोष टाढा रहेकोले उद्दारका लागि प्रहरी,सेना, सशस्त्र प्रहरी र रेडक्रस सोसाइटीको टोली सनिवार दिउँसो मात्रै घट्नास्थल पुगेका थिए ।
* लागातारको झरी संगै शुक्रबार राति १० वजे तिर आएको पहिरोमा दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा ११ बगाएको छ भने ३० घर जोखिममा छ्न !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?