साउन , २० बनेपा । स्वर्णिम श्रीमद्वागवत भक्ती सत्सग महायज्ञ २०७६ साउन २० देखी काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक धनेश्वर मन्दिर परिसर मा सुरु भएको छ। स्वर्णिम श्रीमद्वागवत भक्ती सत्सग महायज्ञ २०७६ बाट सङ्कलन भएको सम्पुर्ण रकम श्री धनेश्वर महादेव प्रा . वि विकास एवम निर्माणको पवित्र काममा खर्च गरिने स्थानिय अनिरुद्र थापाले जानकारी दिनु भयो । धनेश्वर श्रावणी मेलाको पावन अवसर पारेर आयोजना गरिएको स्वर्णिम श्रीमद्वागवत भक्ती सत्सग महायज्ञ २०७६ मा कथा बाचन देशव्यापी १०८ श्रीमद्वागवत सत्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्वव शर्मा ज्युले गर्नु भएको छ । स्वर्णिम श्रीमद्वागवत भक्ती सत्सग महायज्ञ को पहिलो दिनमा रु २९ लाख रुपैया सङ्कलन भएको अनिरुद्र थापाले जानकारी दिनुभयो । श्रावण महिनामा ऐतिहासिक धनेश्वर मन्दिरमा भक्तजनको धेरै आगमन हुने र त्यही अवसर पारेर स्वर्णिम श्रीमद्वागवत भक्ती सत्सग महायज्ञ २०७६ आयोजना गरिएको हो । श्रावण २० गते सोमबार बाट आयोजना गरिएको सो महायज्ञ २०७६ श्रावण २८ गते सम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?