काभ्रे जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Read Time:2 मिनेट, 20 सेकेन्ड

श्रावण ३१ , बनेपा । काभ्रे माध्यामिक विद्यालय बनेपाको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त हाजिरीजवाफ प्रतियोगितामा सेन्टलम एल्बम एकेडेमी प्रथम भएको छ । उक्त जिद्यालयबाट प्रतियोगितामा अभय सिंखडा, रेश्मा महत र स्वस्तिका श्रेष्ठ सहभागी थिए । यस्तै क्षितिज मावि दोस्रो भएको छ भने सिद्धार्थ मावि तेस्रो भएको छ । क्षितिज माविबाट दियाना पौडेल, प्रज्ञा श्रेष्ठ र नविन सिवाकोटीले प्रतियोगितामा सहभागिता जनाएका थिए । तेस्रो भएको सिद्धार्थ माविबाट अभिशेक सापकोटा, विनिता थापा र कल्याण सुवाल प्रतियोगितामा सहभागी थिए । हाजिरीजवाफ प्रतियोगितामा जिल्लाका २५ वटा संस्थागत विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक सिताराम तिवारीलेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई काभ्रे माविका प्राचार्य कुमार मानन्धरले पुरस्कार वितरण गरेका थिए भने सह प्राचार्य केशव श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम सन्चालन उद्धव लुइँटेलले गरेका थिए ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

किशोरी बलात्कार गरेको आरोपमा २ पक्राउ, ३ जना फरार

भदौ १ , कैलाली । कञ्चनपुरकी एक किशोरी सामूहिक बलात्कारमा परेकाे आरोप परिवार र स्थानीयले लगाएका छन् । शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका हुन् । इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदले शुक्लाफाँटा नगरपालिका–९ […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस