वीरगञ्जमा पेस्तोल र १७ राउन्ड गोली सहित एक जना युवक पक्राउ

Read Time:1 मिनेट, 39 सेकेन्ड

भाद्र १८ , बनेपा ।

वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन् ।

उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिनुभयो ।

गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको डीएसपी थापाले बताउनु भयो ।

दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ ।

  • सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ । प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजायँ भोगेका थिए ।

 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

`घायल योद्धा ´ नवराज फूल चडाउन छाडी बलि चढाए पछी के रमाउथ्यो भगवान बस्ती पठाए पछी यि भुराहारुले कहिल्यै पनि पढेनन् पढ्छन केवल स्कुलमा घण्टी बजाएपछी के सुरक्षीत होलान् अब हाम्रा चेलिहरु जब मन्दिर भित्रै पुजारीले समाएपछी नानिहरु यस्तो पनि खेल खेलिरहेछन् र रमाउछन आफ्नै घर जलाएपछी अब देशको कानुनलाई […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस