“जालमा फसायौ १” को अपार सफलता पछी “जालमा फसायौ २” सार्वजानिक

Read Time:3 मिनेट, 9 सेकेन्ड

नेपाली गित संगीत मार्फत समाजमा घाटेका घटना लाई भिडियो मार्फत वास्तविक घटना प्रस्तुत गर्ने क्रममा नेपाली समाजको सत्य घटनामा आधारित रहेर तयार गरिएको लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ ।

नेपाली युवाले विदेशी भूमीमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो ।

जालमा फसायौ भाग १

अनाथ बालबालिका लाई सहयोग गरिने भएको छ “जालमा फसायौ २” बाट उठेको सम्पुर्ण रकम ।

जालमा फसायौ २ गीतबाट सङ्कलीत भएको रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको मिना थापाद्धारा सञ्चालित मदर सिस्टर नेपाल बालगृहलाई दिने डिएआर मुभिजका राजाराम गौतमले जनकारी दिनुभयो । उक्त बालगृहमा २०७२ सालको विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीका बस्दै आएका छन् ।

जालमा फसायौ २ मा बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्कि, प्रभावन जे र भुवन प्रकाश बडुको स्वर रहेको छ भने परिकल्पना तथा निर्देशन प्रभावन जेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्की, सानु पाण्डे, पुष्प अवस्थी, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पूजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गर्नुभएको छ ।

प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडुले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो ।

जालमा फसायौ भाग २

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

बैंकबाट आफ्नै पैसा निकाल्न पनि समस्या

भाद्र २१ , बनेपा । ठूला चाडपर्वको मुखमा नेपाल राष्ट्र बैंकले एटीएमबाट पैसा झिक्ने सीमा घटाएको छ । अब एक पटकमा २० हजार र एक दिनमा ६० हजार भन्दा बढी रकम एटीएमबाट निकाल्न नपाईने भएको छ । यसअघि एक पटकमा २५ हजार र एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न सक्ने […]
ATM

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस