आश्विन १५ , बनेपा ।
त्रिकोणात्मक ट्वान्टी–२० शृंखला अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।
सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार बुधबार साँझ सवा ५ बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाले प्रभावित भएपछि टस पनि हुन सकेन ।
एक घन्टा पछि वर्षा रोकिए पनि मैदानमा पानी जमेका कारण खेल रद्ध गरिएको हो ।
यो खेल रद्ध हुनुले पहिलो त्रिकोणात्मक शृंखला जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । डबल राउन्ड रोविन लिग प्रणाली अन्तर्गत भएको शृंखलामा नेपालले यसअघि जिम्बाबेसँग दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरविरुद्ध जित हासिल गरेको थियो ।
४ खेलपछि नेपालको ३ अंक भएको छ । ३ खेलबाट दुई जित र एक हार ब्यहोरेको जिम्बाबेको ४ अंक छ । त्यस्तै समान ३ खेलबाट सिंगापुरको २ अंक छ । शृंखलाको निर्णायक खेल सिंगापुर र जिम्बाबेबीच बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?