माघ ०१ बनेपा ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माघे संक्रान्ति पर्वले आपसी सदभाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् कामनासमेत गर्नुभयो ।
विविधता भित्रको एकता नेपालीको मौलिक पहिचान हो भन्दै प्रचण्डले बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सदभावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको उल्लेख गरेका छन् ।
नेकपा अध्यक्ष प्रचण्डले थारु, मगर लगायतका आदिवासी जनजाती एवम् आम नेपालीहरुले मनाउने चाड माघे संक्रान्तिको अबसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?