विप्लव समूहका दुई जना नेता ललितपुरबाट पक्राउ

Read Time:1 मिनेट, 13 सेकेन्ड

माघ ०१ बनेपा ।

प्रहरीले प्रतिबन्धित विप्लव समूहका दुई जना नेतालाई ललितपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङ छन् ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले पक्राउ गरेको हो । डंगोललाई अभद्र व्यवहारको कसुर अन्तरगत बुधबार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । तामाङको भने म्याद थप भइसकेको छैन ।

  • उनीहरुको अन्य घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

मदिरा खाएर झगडा गर्दा एक वृद्धको मृत्यु

माघ ०१ बनेपा । मदिरा खाएर झगडा गर्दा बुधबार गोरखा नगरपालिका–८ रानीवनका ५९ बर्षका गोपाल उपरकोटीको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ पोखराथोकका ५० बर्षका रामबहादुर सिर्मलको कुटाइबाट उपरकोटीको मृत्यु भएको प्रहरीको भनाइ छ । ‘उनीहरु आफन्त पर्ने रहेछन्, रक्सी खादै जाँदा कुटपिट भएछ,’ जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले […]
kutpit

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस