कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

असार १० बनेपा । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश […]

रौतहटको नगरपालिका र गाँउपालिकालाई अक्सफाम नेपालको सहयोगमा स्वास्थ्य सामग्री वितरण

रौतहट २८ बैसाख । रौतहटको १६ वटा नगरपालिका तथा २ गाँउपालिका गरी १८ वटा स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ । कोराना संक्रमण रोकथामका लागी पालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु लाई सुरक्षित राख्न पिपिइ, मास्क, सेनेटाइजर, थर्मल गन लगायतका सामग्री ? […]

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

बैशाख ०९ बनेपा । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]

लकडाउनमा बन्द कोठा भित्रको आवाज

   सुजन सत्याल   जन्म लिदाँ के नै ल्याएका थियौ र मर्दा केही लिएर जाउला भनेर आश गर्नु । आयौ नाङ्गै जन्मेर जाने छौ फेरि एक दिन त्यसै गरि उहीँ बाटो फर्केर । करिब दुई महिना अगाडि म सोच्ने गर्थे जीवन निकै लामो छ, कठिन छ, निकै सङघर्ष गरि अघि […]

कोरोना संक्रमित भेटिएको भन्दै भ्रम फैल्याउने एक जना इलाम बाट पक्राउ

बैशाख ०७ बनेपा । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बूलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । लिम्बूले इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको गलत सूचना फेसबुकमा पोस्ट गरेका […]

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बैशाख ०६ बनेपा । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । इपिडिमियोलोजी तथा […]

कोरोनाको कारण भारतमा एकैदिन ४३ जनाको मृत्यु

बैशाख ०६ बनेपा । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै समग्र […]

नेपालमा थपिए १४ कोरोना संक्रमित

बैशाख ०५ बनेपा । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका […]

सडकमा पैसा छरेर २ महिला फरार कोरोनाको आशंकामा अनुसन्धान सुरु

बैशाख ०५ बनेपा । जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनकारी दिएको छ । सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२ः३० बजे सो ठाउँबाट […]

१४ नेपालीको कोरोनाभाइरसका कारण विदेशमा मृत्यु, करिब २ सय जना भन्दा बढी संक्रमित

बैशाख ०५ बनेपा । कोरोनाभाइरस बाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना […]

हामीसंग जोडिनुहोस