नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्ने : राष्ट्रपति भण्डारी

बैशाख ०१ बनेपा । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गर्नुभएको छ । […]

पूर्वराजा ज्ञानेन्द्र शाहको संकटमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव

चैत २७ बनेपा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको संकटको घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव दिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले ट्वीट गर्दै संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न भन्दै जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित […]

 प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश

चैत २५ बनेपा । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश देखाउनु भएको छ । सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको भन्ने आरोप लगाउनु भएको छ । राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा […]

जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ

फागुन ५ बनेपा । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला आज

फागुन ५ बनेपा । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार […]

ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको निधन

फागुन ४ बनेपा । ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको आइतबार निधन भएको छ । शाक्यको उपचारका क्रममा मेडिसिटी अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो । स्वतन्त्रता सेनानी शाक्य नगरपालिका संघका पूर्व केन्द्रीय अध्यक्ष प्रजातन्त्र सेनानी संघको ललितपुर जिल्ला सभापतिसमेत भएका थिए । शाक्यको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख […]

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार फैसला सुनाउने

फागुन ४ बनेपा । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ । आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ […]

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा राजपाको ह्वीप

माघ ०४ बनेपा । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले ह्वीप जारी गरेको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेको छ । शनिबार पार्टी […]

विप्लव समूहका दुई जना नेता ललितपुरबाट पक्राउ

माघ ०१ बनेपा । प्रहरीले प्रतिबन्धित विप्लव समूहका दुई जना नेतालाई ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङ छन् । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले पक्राउ गरेको हो । डंगोललाई अभद्र […]

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माघे संक्रान्ति पर्वले आपसी सदभाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास

माघ ०१  बनेपा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माघे संक्रान्ति पर्वले आपसी सदभाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नु भएको छ । माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान […]

हामीसंग जोडिनुहोस