आजबाट महान चाड बडादशैं शुरु

कार्तिक ०१ बनेपा । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक […]

होलीमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न गृह मन्त्रालको आग्रह

फागुन २४ बनेपा । गृह मन्त्रालले होलीमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकार आफैंले सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ भने खेल […]

काठमाडौं प्रशासनको सर्वसाधारणलाई होली नखेल्न आग्रह

फागुन २१ बनेपा । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनबाट समेत प्रतिक्रिया आएको भन्दै प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी […]

पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु

पुस २५ बनेपा । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा […]

भोलि सार्वजनिक विदा छैन

मंसिर २५ बनेपा । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन । गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय […]

हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाईदै

कार्तिक २२ बनेपा । भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले […]

घट्दै पिङको महत्व घट्दै

आश्विन १६ , बनेपा । केही वर्ष अघिसम्म दसैं सुरु भएको दिन देखी नेपालका गाउँघरमा युवा पिङ हाल्न व्यस्त हुन्थे । घरघरमा पैसा संकलन गरेर सबैलाई पायक पर्ने स्थानमा रखेर पिङमा रमाउने चलन थियो । अहिले गाउँघरमा पिङ देखिन छाडेको छ । दसैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने धार्मिक मान्यता छ । पर्वको […]

आज घटस्थापना “घटस्थापनाको साइत बिहान १०ः३५ मा शुभ “

आश्विन १२ , बनेपा । घटस्थापनाको साइत बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन’ , आज घटस्थापना

आश्विन १२ , बनेपा । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । […]

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा

आश्विन १० , बनेपा । गण्डकी प्रदेश सरकारले दशैंको घटस्थापनामा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । यस वर्षको घटस्थापना आश्विन  १२ गते परेको छ ।  

हामीसंग जोडिनुहोस